पार्टीमा भिन्न मतलाई दबाउनु नै कम्युनिस्ट फूट हुनु हो

रिपोर्ट नेपाल | 2019 Apr 23 | 09:12 am 2548

काठमाडौं, वैशाख १०: बाम विश्लेषक श्याम श्रेष्ठले नेपालका कम्युनिस्टहरु विभाजन र फुट्नुका पछाडि पार्टीमा भिन्न मत राख्नेलाई संस्थापन पक्षले दबाउने र हेपाहा प्रवृत्ति मुल कारण भएको बताएका छन् ।

मंगलबार आफ्नो संक्षिप्त प्रतिकृया दिँदै विश्लेषक श्रेष्ठले विचार बाटो र क्रान्ति यी तीन कुराले पनि कम्युनिस्टलाई विभाजन गराएको बताएका छन् । भन्दाखेरी नेपालका सबै कमयुनिस्टहरुले समाजवादको एजेण्डाको माला जप्ने गरेको र रामनामी बस्त्र ओढेको देखिन्छ तर विडम्बना पूँजीवाद र धनवाद चरित्रमा रुपान्तरित भएको श्रेष्ठको भनाई रहेको छ ।

२००६ सालमा स्थापित कम्युनिस्ट पार्टीलाई २००८ सालमा प्रतिबन्ध लगाउँदा समेत आफ्नो प्रमुख पक्षलाई अंगाल्दै आएको कम्युनिस्टले अहिले दुई तिहाईको सरकार हुँदा समेत लक्ष्यलाई बिर्सिएर आफ्नो सुख र समृद्धीमा रमाइरहेको आरोप पनि श्रेष्ठले लगाए ।

राज्य सत्ता र सिंहदरबारको गलत चरित्रलाई बदल्छु भन्ने कम्युनिस्ट नेताले सिंहदरबारमा भएको विकृति, विसंगति र कुरितिको चरित्रलाई नभएर आफ्नो चरित्रलाई बदल्ने काम गरेको पनि श्रेष्ठको भनाई रहेको छ । हिजो जनतासँग मत माग्दा गरेको बाचा बन्धन, धोषणापत्रमा गरिएका प्रतिबद्धता यि सबै एजेण्डा कम्युनिस्टको सरकारले बिर्सियो ।

कम्युनिस्ट आन्दोलनले राजतन्त्र उन्मुलन, गणतन्त्र स्थापना, धर्मनिरपेक्षता हुँदै संविधान त जारी भयो तर दुर्भाग्यका साथ भन्नुपर्दा सिंहदरबार छिरेका कम्युनिस्टका नेता जनताको सेवक नभएर शासक बनेको पनि विश्लेषक श्याम श्रेष्ठको भनाई रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.