इनारमा डुबेर २० वर्षीय युवकको मृत्यु

रिपोर्ट नेपाल | 2019 Apr 22 | 07:08 pm 2817

बुटवल, वैशाख ९ :  सुनसरी घर भई दाङमा मिस्त्री काम गर्दै आएका २० वर्षीय रन्जित मेहेताको सोमवार दिउँसो ३ बजेको समयमा घोराहीस्थित एक निर्माणाधीन इनारमा डुृवेर मृत्यु भएको छ ।

दाङका प्रहरी प्रवक्ता डिएसपी विनोद विक्रम शाहले दिएको जानकारी अनुसार घोराही उप–महानगरपालिका–१६ सर्रा भन्ने स्थानका ठरालु चौधरीको निर्माणाधीन इनारको रिङ राख्ने क्रममा खस्न गई पानीमा डुबेर उनको मृत्यु भएको हो ।

उनको शव राप्ती स्वास्थ्य प्रतिष्ठानको शवगहृमा राखिएको डिएसी शाहले बताए । उनको घर सुनसरीको ईनरुवा नगरपालिका– बलाहा भएको र हाल उनि घोराही–१६ मा डेरा गरि बस्दै आएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.