काठमाडौं, वैशाख ९ : गुल्मेली समाज काठमाडौंका संस्थापक सदस्य तथा सल्लाहकार रुद्रमणी भण्डारीको तेह्रौं दिनको पुण्यतिथिको दिन श्रद्धाञ्जली सभा गरिने भएको छ ।
गुल्मेली समाजका महासचिव टंक पन्तका अनुसार वैशाख १० गते साँझ ५ बजे सभाको आयोजना गरिने जनाएका छन् । जिप दुर्घटनामा परी दुःखद् निधन भएका भण्डारीको श्रद्धाञ्जली सभा काठमाडौं बुद्धनगरमा रहेको बुद्धनगर पार्टी प्यालेसमा गरिने भएको छ ।
महासचिव टंक पन्तले विकास प्रेमी समाजसेवी नेता भण्डारीको श्रद्धाञ्जली सभामा सहभागी हुन गुल्मेलीलाई आग्रह गरेका छन् ।