नेकपा एकतामा माओवादीले पाएका जिल्ला अध्यक्षहरू (सूचीसहित)

| 2019 Apr 22 | 01:31 pm 2151

काठमाडौं, वैशाख ९ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले ७७ वटै जिल्लाका पार्टी नेतृत्वको टुंगो लगाएको छ। आइतबार बसेको नेकपाको सचिवालय बैठकले एकता पछिको जिल्ला नेतृत्व टुंग्याएको हो।

७७ जिल्ला मध्ये तत्कालीन एमालेतर्फबाट ४४ र तत्कालीन माओवादी केन्द्रतर्फबाट ३३ जिल्लामा मुख्य नेतृत्व हुने गरी तय गरिएको छ । जस अनुसार माओवादीतर्फबाट नेतृत्व गर्ने गरी टुंग्याएको जिल्लाको सूचि प्राप्त भएको छ।

प्रदेश १ मा ५, प्रदेश २ मा ४, प्रदेश ३ मा ५ जिल्लाको नेतृत्व तत्कालीन माओवादीको भागमा परेको छ । त्यसैगरी गण्डकी प्रदेशमा ४, प्रदेश ५ मा ५, कर्णालाीमा ६ र सुदूरपश्चिममा ४ जिल्लाको नेतृत्व माओावादीको भागमा परेको छ।

माओावदीको तर्फबाट अध्यक्ष भएको ठाउँमा एमालेकोतर्फबाट सचिव रहने र एमालेकोतर्फबाट अध्यक्ष भएको ठाउँमा माओवादीतर्फको सचिव हुने गरी सहमति गरिएको छ ।

माओवादीले पाएका ३३ जिल्ला अध्यक्षहरु

प्रदेश १

ताप्लेजुङः खेलप्रसाद बुढाथोकी
सुनसरीः रामकुमारी चौधरी
उदयपुरः विनोद कटुवाल दिनेश
खोटाङः देवान चाम्लिङ
ओखलढुंगाः मोहन कुमार खड्का

प्रदेश २
बाराः गोपाल ठाकुर
सर्लाहीः डाचाराज वाग्ले
धनुषाः जोखकुमार बर्बरीया
सिराहाः रामकुमार यादव

प्रदेश ३

चितवनः यमवहादुर परियार
सिन्धुलीः राजन दाहाल
नुवाकोटः हिरानाथ खतिवडा
काभ्रेः रुकु चौलागाई
रामेछापः मैनकुमार मोक्तान ९मदन०

गण्डकी प्रदेश

गोरखाः जगन्नाथ खनाल
लमजुङः मधुमाया अधिकारी
म्याग्दीः गोविन्द पौडेल
स्याङजाः पारस गैरे

प्रदेश ५

बांकेः आइपी खरेल
बर्दियाः भवनकुमार थारु
रोल्पाः सुरेन्द्र थापा धु्रव
पूर्वी रुकुमः मेघबहादुर श्रेष्ठ
नवलपरासीः राजुप्रसाद हरिजन

कर्णाली प्रदेश

रुकुम पश्चिमः गोपाल शर्मा (अनल)
जाजरकोटः ढकविर राना
जुम्लाः सुरेश पहाडी
हुम्लाः विजय भण्डारी
कालिकोटः दुर्गबहादुर रावत
मुगुः सुखवीर बुढा

सुदुरपश्चिम प्रदेश

दार्चुलाः गणेश खत्री
डडेलधुराः मानसिंह माल
कञ्चनपुरः वीरबहादुर थापा
वझाङः कलकबहादुर खड्का

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.