गाउँपालिका अध्यक्ष विनोद चौधरीको निधन

रिपोर्ट नेपाल | 2019 Apr 21 | 04:18 pm 2479

काठमाडौं, वैशाख ८ :  पिपरा गाउँपालिका अध्यक्ष विनोद चोधरीको निधन भएको छ । शारीरिक अस्वस्थ्यताका कारण काठमाडौँको मेडिसिटी हस्पिटलमा उपचाररत्त अध्यक्ष चौधरीको आइतबार ४५ वर्षको उमेरमा निधन भएको हो ।

उनको शवलाई महोत्तरी ल्याएर अन्तेष्टि गर्ने तयारी भइरहेको जनाएको छ । उनले राजपा नेपालबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

निर्वाचित भएकै बेलादेखि उनी शारिरीक तथा मानसिक रुपमा अस्वस्थ्य भएपछि औषधि उपचार भइरहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.