गुल्मेली अधिकृत समाजले शुभकामना आदान प्रदान गर्ने

रिपोर्ट नेपाल | 2019 Apr 21 | 02:03 pm 2467

काठमाडौं, वैशाख ८ : गुल्मी जिल्लामा जन्म भई विभिन्न स्थानमा सेवारत गुल्मेली अधिकृतको छाता संगठन गुल्मेली अधिकृत समाजले आगामी वैशाख १४ गते शनिबार शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ ।

समाजका सचिव कविराज श्रेष्ठका अनुसार शनिबार दिउँसो एक बजे मिनभवनमा रहेको सहकारी तालिम केन्द्रमा हुने शुभकामना आदान प्रदान कार्यक्रममा समाजद्वारा प्रकाशित क्यालेण्डर समेत सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

अधिकृत समाज भनिए पनि सबै तह र दर्जाका कर्मचारीका साथै सबै गुल्मेलीलाई उपस्थितिका लागि समाजले आग्रह गरेको छ । कार्यक्रम बारे जानकारी लिन चाहनेका लागि सचिव कविराज श्रेष्ठको ९८४११४९८७७ मा सम्पर्क गर्न सकिने समाजले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.