काठमाडौं, वैशाख ७: प्रधानसेनापति पूर्णचन्द्र थापाद्वारा नेपाली रुपन्देहीस्थित श्री मध्य पश्चिम पृतना हेड क्वाटरको जिम्मेवारी क्षेत्रमा पर्ने मर्चवारमा सञ्चालित स्वास्थ्य शिविरको निरीक्षण गरे । त्सका साथैकपिलवस्तुस्थित श्री नारायणदल गणको सुरक्षा बेश स्युराज र चितवनस्थित श्री बटुकदल गणको निरीक्षण भ्रमण गरेका छन् ।
निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले श्री नारायणदल गणको सुरक्षा बेश स्युराजमा रहेको स्युराज पार्कको अवलोकन गरी बृक्षारोपण गर्नुका साथै उक्त गण तथा सुरक्षा बेशको वस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी लिनुका साथै सकलदर्जाहरुलाई सम्बोधन गरेका थिए ।