प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहँदा कालोझण्डा देखेर राेकिए

रिपोर्ट नेपाल | 2019 Apr 20 | 03:52 pm 1812

बुटवल, वैशाख ७: जीतगढी विजय महोत्सव कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहँदा रुद्रप्रसाद घिमिरेले कालोझण्डा देखाएका छन् । कालोझण्डा देखाउने घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कार्यक्रम स्थल भन्दा करिब ५० मिटर परबाट एक्कासी प्रवेश गरी अर्घाखाँचीका घिमिरेले ‘उजिरसिंह जिन्दावाद, हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्दै कार्यक्रम स्थल प्रवेश गरेर कालो झण्डा देखाएका थिए ।

त्यसरी घिमिरेले कार्यक्रमस्थलमा कालोझण्डा देखाएपनि उनलाई कसैले केही नगरेको बुझिएको छ । शुरूमा त प्रहरीले पनि उनलाई केही नगर्दा। प्रधानमन्त्री आफैंले नै सम्बोधन रोकेर कालोझण्डा देखाइराखेको छ, के हेरेर बस्या छ सुरक्षा निकाय ? भनेपछि मात्रै प्रहरीले उनलाई नियन्त्रणमा लिएको स्रोतले जानकारी दिए। अंग्रेज फौजलाई हराएको सम्झनामा पहिलोपटक बुटवलमा विजय उत्सव मनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.