सगरमाथा हिमाल सफाई अभियान

रिपोर्ट नेपाल | 2019 Apr 19 | 06:51 pm 2740

काठमाडौं, वैशाख ६ : सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले आयोजना गरेको वन्यजन्तु सप्ताह अनुसार २०७६ वैशाख १ गते शुरु भएको नाम्चे स्थित सगरमाथा हिमाल सफाई अभियान कार्य नेपाली सेना लगायत विभिन्न सरकारी तथा गैर सरकारी संघ सस्थाहरुको संयुक्त प्रयासमा संचालन भैरहेको छ ।

अभियानको लागि आवश्यक पर्ने बन्दोबस्तीका सामानहरु करिब २५ सय केजी २०७६ वैशाख ५ गते नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौदेखि नाम्चेसम्म ढुवानी गरिएको थियो ।

खुम्बु क्षेत्रमा संकलित करिब एक हजार केजी नसड्ने फोहोर काठमाण्डौ BLUE WASTE to VALUE प्रा.लि.का प्रतिनिधिलाई नेपाली सेनाद्वारा हस्तान्तरण गरिएको र बाँकि एक हजार के.जी. नसड्ने फोहोरलाई उचित व्यवस्थापन गर्ने गरि ओखलढुङ्गा ब्यारेकमा लगेर राखिएको बताए।

प्रधानसेनापतिको “कमाण्ड मार्ग निर्देशन २०७५” अन्तर्गतको पर्यावरण संरक्षणमा राष्ट्रलाई सहयोग गर्ने नीति अनुरुप सफा हिमाल अभियान कार्यक्रम अनुसार मिति २०७६ जेठ १५ गतेसम्म संचालन हुने बुझिएको छ ।

सगरमाथा हिमाल सफाई अभियानमा बन्दोबस्ती कार्यको लागि नेपाली सेनाले आवश्यक जनशक्ति तथा हवाई साधनहरु प्रयोगमा आवश्यक सहयोग प्रदान गर्ने छ ।

यस किसिमका सफाई अभियानबाट सगरमाथा खुम्बु क्षेत्र सफा हुन गई यसले वातावरण प्रदुषणमा उल्लेख्य सुधार भई अन्तर्राष्ट्रिय जगतमा समेत राम्रो प्रभाव पर्न जाने विश्वास नेपाली सेनाले लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.