कास्की, वैशाख ६ : कास्कीको पोखरा महानगरापालिका–६ स्थित लेकसाइडस्थित फेवातालमा एक्कासी आएको हावाहुरीको कारण अलपत्र तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
तालमा बोटिङ्ग गरिरहेका बेला एक्कासी आएको हावाहुरीको कारण एक डुंगामा पानी पसेपछि तीन जना अलपत्र परेका परेका थिए । सो घटनाबारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा कास्की नम्बर २४ गणबाट फेवाताल रेस्क्यू टावरमा खटिएको एपीएफ टोलीले उनीहरुको उद्धार गरेको सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माले जानकारी दिए ।
एक्कासी आएको हावाहुरीको कारण अलपत्र परेका सप्तरी जिल्लाको राजविराज वस्ने ४० वर्षिय बोलबम चौरसीया, २८ वर्षीय पुन्दन चौरसीय र १२ वर्षीय भाष चौरसीयालाई सशस्त्र प्रहरी सहायक निरीक्षक दिपक सिग्देलको कमाण्डमा खटिएको एपीएफ टोलीले तत्कालै उद्वार गरी सो तालबाट बाहिर निकालेको थियो ।