काठमाडौँ, वैशाख ५ : बुधबारको तुलनामा सुनको मूल्य बिहीबार तोलामा दुई सय रुपैयाँले घटेको छ । बिहीबार छापावाला सुन तोलाको ५९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार तोलाको ५९ हजार तीन सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मूल्य तोलामा दूई सय रुपैयाँले घटेर ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनकको मूल्य तोलामा ५९ हजार कारोबार भएको थियो । चाँदीको मूल्य भने स्थिर रहेको छ ।