आफ्नै छोरी हत्या गरेकाे आरोपमा बुबा कारागार चलान

रिपोर्ट नेपाल | 2019 Apr 17 | 03:56 pm 2557

जनकपुरधाम,  वैशाख ४ : बारा जिल्लामा आफ्नै छोरीलाई कर्तव्य ज्यान गरी मारेको अभियोगमा बाबुलाई कारागार चलान गरिएको छ। बारा जिल्लाको फेटा गाउँपालिका-६ का ४० वर्षीय बुवाले आफ्नै १४ वर्षीया छोरीलाई कर्तव्य ज्यान गरी मारेको अभियोगमा कारागार चलान गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको हो।

फेटा गाउँपालिका-६ घर भएका तबारक मियाँले छोरी जुवैदा खातुनको कर्तव्य गरी मारी वारदातपश्चात् फरार रहेकोमा पर्सा प्रहरीले वीरगंजमा लुकीछिपी बसेको अवस्थामा फेला पारेको थियो। पक्राउ परेको मियाँलाई २०७५ चैत २८ गते बारा प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा पेश गरी जिल्ला अदालतको आदेशानुसार पुर्पक्षका लागि वीरगञ्ज कारागार चलान गरिएको छ।

निज तबारक मियाँले मिति २०७५ फाल्गुन ५ गते बेलुकाको समयमा घरायसी विवादको कारण आफ्नै छोरी जुवैदालाई आफ्नै घरको कोठाभित्र घाँटी थिची कर्तव्य गरी मारी फरार भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.