विप्लव नेतृत्वको पार्टीले बैशाख ५ गते नेपाल बन्दको घोषणा

| 2019 Apr 17 | 09:30 am 1851

काठमाडौँ, वैशाख ४: नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बैशाख ५ गते नेपाल बन्दको घोषणा गरेको छ ।

साथै एक विज्ञप्ति जारी गर्दै आगामी बैशाख ६ गतेदेखि लागू हुने गरी प्रधानमन्त्री सहभागी हुने स्थानमा बन्द गर्ने घोषणा गरेको छ ।

विप्लवले आफूहरुमाथि लगाइएको प्रतिबन्ध विरुद्ध प्रधानमन्त्री सहभागी हुने स्थानमा बन्द गर्ने समूहले घोषणा गरेको हो। ओली सरकारको फासीवादी दमनको प्रतिरोध गर्न विरोधका कार्यक्रम घोषणा गरेको उक्त समूहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सरकारले आफुहरुको कार्यक्रमलाई अंकुश लगाई दमन गर्न खोजेको बिरोध गर्दै उनिहरुले बन्द घोषणा गरेका हुन्। सरकारले फागुण २८ गते राती देखी विप्लवको कार्यक्रम बन्द गराई ३५ दिन भित्रमा आत्मासमर्पण गर्न आदेश दिएको थियो।

विप्लवले बैशाख २ गतेबाट सुरु हुने कार्यक्रमको पहिलो दिन कोण सभा, बैशाख ३ गते अन्तरकृया, बैशाख ४ गते मशाल जुलुस, बैशाख ५ गते नेपाल बन्द र बैशाख ६ गते देखी प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागी हुने देशका विभिन्न भागहरुमा बन्दको कार्यक्रमहरु आयोजना गर्ने बताएको छ।
(विज्ञप्ती)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.