बार्सिलोनाका अध्यक्ष भन्छन्- ‘नेयमारभन्दा डेम्बेले राम्रो’

रिपोर्ट नेपाल | 2019 Apr 16 | 02:58 pm 1972

एजेन्सी, वैशाख ३ : बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले ब्राजिलियन सुपरस्टार नेयमारभन्दा फ्रान्सेली मिडफिल्डर ओस्मान डेम्बेले राम्रो भएको प्रतिकिरिया दिएका छन् ।

एक टेलिभिजन च्यानलमा अन्तर्वार्ता दिने क्रममा बार्टोमेउले यस्तो अभिव्यक्ति दिएका हुन् । बार्सिलोनाले सन् २०१७ मा नेयमारलाई २ सय २२ मिलियन युरोमा पीएसजीलाई बेचेको थियो । त्यसै ट्रान्सफरमा डेम्बेले बोरुसिया डर्टमुन्डबाट १ सय ५ मिलियन युरोमा बार्सिलोना आएका थिए । बार्सिलोनाका अध्यक्षले डेम्बेले राम्रो भएका कारण नै क्लबमा आएको बताए ।

‘हामीले नेयमारलाई बेचेको पैसाले डेम्बेले र कोउटिन्होलाई खरिद गर्ने योजना बनाएका थियौं । डेम्बेलेको स्तर नेयमारभन्दा पनि राम्रो छ । उनी नेयमारभन्दा राम्रो खेलाडी हुन् र क्लबमा पनि स्थापित भइसकेका छन्,’ उनले भने ।

बार्सिलोनाले यस सिजन आयाक्सबाट मिडफिल्डर फ्रान्की डे जोङलाई ७५ मिलियन युरोमा अनुबन्धन गरिसकेको छ । अब बार्सिलोनाको नजर डिफेन्डर डे लिटमाथि रहेको छ । अध्यक्ष बार्टोमेउले क्लबलाई आवश्यक परेको खण्डमा उनलाई प्रस्ताव गर्ने जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.