पूर्वराजा शाहको गाडीको ठक्करबाट गम्भीर घाइते चौधरीको मृत्यु

रिपोर्ट नेपाल | 2019 Apr 16 | 02:51 pm 2185

मोरङ, वैशाख ३: गत बुधबार पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीको ठक्करबाट घाइते भएका प्रकाश चौधरीको मंगलबार मृत्यु भएको छ ।

पूर्वराजा शाहलाई झापाको दमकबाट विराटनगर विमानस्थल पुर्‍याएर फर्कदै गरेको बा ३ च ७९६२ नम्बरको गाडीको ठक्करबाट घाइते भएका इटहरी उपमहानगरपालिका– ९ का प्रकाश चौधरीको उपचारका क्रममा मृत्यु भएको छ । उनको विराटनगरस्थित विराट नर्सिङहोममा उपचार भइरहेको थियो ।

उनलाई शाहको सुरक्षामा खटिएका सुरक्षाकर्मी सवार कारले विराटनगरबाट झापा फर्कने क्रममा मोरङको सुन्दरहरैचा नगरपालिका– ४ मा को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट इटहरी उपमहानगरपालिका ९ का २२ वर्षका हेम चौधरीको गत बुधबार घटना स्थलमै मृत्यु भएको थियो ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको मंगलबार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.