काठमाडौं, वैशाख २ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लैजान लागेको विदेशी मुद्रा सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोल्याण्ड नागरिक २८ वर्षीय माक्सी मिलीकन बेग्लोस्की र २६ वर्षीय आकुभ स्टेक्की रहेको प्रहरीले जानकारी दिए।
अन्तर्राष्ट्रिय उडानतर्फको होलब्यागेज जाँच गर्ने क्रममा माक्सीको साथबाट युएस डलर १३ हजार ६ सय, युरो ५ हजार २ सय तथा नेपाली रुपैयाँ ५८ हजार र आकुभको साथबाट युएस डलर ६ हजार १ सय र युरो ५ हजार फेला पारी उनीहरूलाई पक्राउ गरेको प्रहरीले बताए ।
उनीहरुलाई आवश्यक कारवाहीका लागि उक्त मुद्रा सहित राजश्व विभाग हरिहर भवन पुलचोक पठाइएको बुझिएको छ ।