पर्यटन क्षेत्रको विकासले देशलाई आर्थिक समृद्धीमा लैजान सकिन्छः बरिष्ठ नेता पौडेल

| 2019 Apr 14 | 07:35 pm 3185

काठमाडौं, वैशाख १ : रारा साहित्य प्रतिष्ठानले आयोजना गरेको रचना वाचन तथा श्रस्टा सम्मान कार्यक्रमलाई नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाल आफैंमा पर्यटकीय सम्भावनाले भरिपूर्ण देश हो । यहाँका खोला, नदी, नाला, झरना र हिमालबाट पर्यटकीय क्षेत्रमा विकास गरी देशलाई आम्दानीको स्रोत बढाउँन सकिने बताए ।

म युरोपका विभिन्न देशहरु घुम्ने क्रममा त्यहाँका विभिन्न देशले मानव निर्मित अप्राकृतिक संरचना निर्माण गरी पर्यटन क्षेत्रमा आय आर्जन गरी देशको विकास गरेकाे  देखे‌,  तर हाम्रो देशमा प्रकृतिले हामीलाई उपहार स्वरुप दिएको छ ।

यसलाई हामीले उपयोग गरी पर्यटन क्षेत्रको विकास गरी देशलाई आर्थिक समृद्धीमा लैजान सकिन्छ । यसका लागि सरकारको साथै हामी सबै क्षेत्रबाट लाग्न जरुरी रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.