लुक्लामा विमान दुर्घटना तीनको मृत्यु, तीन घाइते(अपडेट)

रिपोर्ट नेपाल | 2019 Apr 14 | 10:35 am 2867

काठमाडौं, वैशाख १ : सोलुखुम्बुको लुक्ला विमानस्थलमा समीट एयरको जहाज दुर्घटना भएको छ । लुक्लाबाट रामेछापका लागि उड्नेक्रममा समीट एयरको ९ एन एमएच कलसाइनको विमान दुर्घटनामा भएको हो ।

उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर मनाङ र श्री एयरलाइन्सको हेलिकोप्टरमा ठोक्किएर दुर्घटनामा परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिएका छन् ।

दुर्घटनामा परी समीट एयरका को पाइलट सुदिप ढुंगाना, प्रहरी असई रामबहादुर खड्काकाे घटना स्थलमै र अर्का असइ रुद्रबहादुर खड्काको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको छ।

दुर्घटनामा उक्त जहाजका पाइलट रवीन्द्र रोकाया, मनाङ एयरकाे हेलिकप्टरका पाइलट चेत गुरुङ गभ्मीर घाइते छन्। उक्त जहाजकी एयर हाेस्टेज रश्मी लामा सामान्य घाइते छिन्। घाइते दुवै पाइलटलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

नागरिक उड्ययन प्राधिकरणका प्रमुख राजकुमार क्षेत्रीकाअनुसार आइतबार बिहान ९ बजेर ६ मिनेटमा दुर्घटना भएकाे हाे।  दुर्घटनापछि लागेको आगोलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.