काठमाडौं, वैशाख १ : कर्मचारी समायोजनको विषयप्रति असन्तुष्ट आन्दोलनरत सरकारी चिकित्सकसँग काममा फर्कने भएका छन्।
शनिबार अबेर साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको वार्ता निष्कर्षमा पुगेको छ। सरकारले सरकारी चिकित्सकलाई १५ दिनसम्म समस्या समाधान गरिदिने प्रतिबद्धता जनाएपछि सरकारी डाक्टरले आन्दोलनको कार्यक्रम स्थगित गरेका हुन्।
सरकारले समस्या समाधान का लागि १६ दिनको समय मागेकाले १५ दिनसम्म सरकारी अस्पताल बन्दको कार्यक्रम स्थगन गरिएको सरकारी चिकित्सक संघ गोदानका अध्यक्ष दीपेन्द्र पाण्डेले बताएका छन्। यसँगै भोलिदेखि देशभरका सरकारी अस्पताल सबै सेवा खुल्ने भएको छ ।
कर्मचारी समायोजनमा चिकित्सकको दरबन्दी संघअ न्तर्गत हुनुपर्ने माग राख्दै सरकारी चिकित्सकले गत शुक्रबारदेखि देशभरका सरकारी अस्पतालको आकस्मिकबाहेक सेवा ठप्प पारेका थिए।