सरकार विरुद्ध ११ विद्यार्थी संगठन, संयुक्त रुपमा गरे विरोध सभा

| 2019 Apr 13 | 01:06 pm 2356

काठमाडौं,चैत्र २९- सरकारले रवैयातन्त्रको सुरुवात गरेको भन्दै त्यसको विरुद्धमा ११ सयुंक्त विद्यार्थी संगठनहरु एकै ठाँउमा भेला भएर विरोध सभा सम्पन्न गरेका छन् । सरकारले मूलधारको राजनीति गरिआएको नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई प्रतिबन्ध लगाएको र विखण्डनको नारा घन्काउने सिके राउतलाई संरक्षण गरेको भन्दै त्यसको विरुद्धमा नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष ऋषिकेशजंग शाहको अध्यक्षतामा विरोध सभा सम्पन्न गरेका हुन् ।

कांग्रेस सभापति शेरवहादुर देउवाले समसामयिक राजनीति र विद्यार्थी आन्दोलन विषायक विचार गोष्ठीमा वोल्दै ओली सरकारले नागरिकको दिनचर्यामा नै खलवल हुने गरी हस्तक्षेपकारी अभियान चलाएको आरोप लगाए । सरकारको गतिविधी विरुद्ध सत्ता वाहिरका दलले खवरदारी गरेर लोकतन्त्रको रक्षा गर्नु पर्ने उनले वताए ।
राजनीतिक पार्टीको आन्दोलन र भुमिकाहरु माथी संका उव्जीएका वेला विद्यार्थी संगठनहरुले आन्दोलनको मोर्चा सम्हालेर आन्दोलनलाई गति दिएको नेकपा ( क्रान्तिकारी) का महासचिव मोहन वैद्य किरणले वताए । इतिहासका पानाहरु कोटाउदै त्यसैको व्याजमा रमाउनेहरुलाई अव जनताले सजाएको भागिदार वनाउने बताए ।

संयुक्त विद्यार्थी संगठनले गरेको विरोध सभामा वोल्दै नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष ऋषिकेशजंग शाहले सरकारले दुई तिहाईको दम्भ देखाएर नागरिकका अपेक्षा विरोधी कार्य गरेको आरोप लगाए । अहिलेको सरकारले मुलुकलाई अधिनायकवादतिर धकेल्न खोजेको भन्दै उनले अव ११ दलका विद्यार्थीहरु एकै भएर लोकतन्त्र र नागरिकको अधिकारको रक्षाका लागि लड्ने स्पष्ट पारे । उनले कुनैपनि हालतमा नेपालमा अधिनायकवाद लागू हुन नदिने जिकिर गरे ।

नेपाल विद्यार्थी संघका विद्यार्थी नेता डोजाङ सेर्पाले चुनावको समयमा आफ्नो घोषणापत्रमा उल्लेख भएका वाचाहरुप्रति सरकारले व्यवास्ता गरेको आरोप लगाए । वर्तमान सरकारको गतिविधिले भष्ट्रचारीलाई उन्मुक्ती दिएको भन्दै उनले वालुवाटारबाट नै भष्ट्राचारीले देशको शासन सत्ता चलाएको आरोप लगाए । सरकारको विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस,राष्ट्रिय जनता पार्टी नेपाल , संघीय समाजवादी फोरम नेपाल , नयाँ शक्ति पार्टी नेपाल , नेकपा क्रान्तिकारी माओवादी लगाएतका पार्टीका विद्यार्थी संगठनहरु एकै ठाँउमा उभिएर सरकारको विरोध गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.