सरकार विरुद्ध आन्दोलन गर्न देउवाद्वारा एघार विद्यार्थी संगठनलाई आग्रह

| 2019 Apr 12 | 06:23 pm 1655

काठमाडौ, चैत्र २९ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार अधिनायकवादतर्फ उन्मुख भएकोले सरकारका विरुद्ध आन्दोलन गर्न युवा तथा विद्यार्थीलाई निर्देशन दिएका छन् । सरकारको नेतृत्व गरेका केपी शर्मा ओलीले जताततै हस्तक्षेप र असंवैधानिक काम गरिरहेको उल्लेख गर्दै विरोध गर्न आफ्नो पार्टी तयार भएको सभापति देउवाले बताए ।

आज शुक्रबार ११ विद्यार्थी संगठनले काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले संवैधानिक परिषदको बैठक बोलाएर संवैधानिक निकायको पदाधिकारीसमेत एक लौटी ढंगले निर्णय गरेको भन्दै प्रधानमन्त्री ओलीको आलोचना गरेका थिए । प्रधानमन्त्री ओलीले आफू नआउने पत्राचार गर्दागर्दै संवैधानिक परिषदको बैठक बोलाएको प्रति उनले आपत्ति जनाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.