ओखलढुङगा, चैत २९ : लिखु गाउँपालिका–३ नरबडेश्वर सतलुंग भन्ने स्थानमा घर लिप्ने माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर उक्त गाउँपालिका–४ डाँडागाँउका ५५ वर्षीया सेतीमाया मगरको घटनास्थलमै मृत्यु भएको छ ।
साथै ढिस्कोमा पुरिएर घाइते भएकी सेतीमायाकी १८ वर्षीया छोरी बिष्णु मगरलाई उपचारको लागि छाउनी अस्पताल काठमाडौं लगिएको छ ।