प्रतिबन्धीत लागूऔषधसहित तामाङ पक्राउ

रिपोर्ट नेपाल | 2019 Apr 12 | 04:17 pm 2142

सिराहा, चैत्र २९ : लहान नगरपालिका–३ स्थित ठाडी चोकबाट प्रतिबन्धीत लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर गढि गाउँपालिका–७ का २६ बर्षीय भरत तामाङ रहेका छन् ।

उनलाई प्रहरीले अवैध लागूऔषध फेनारगन ५० एम्पुल, नोर्फिन ५२ एम्पुल, डाईजोल्याब ६० एम्पुल र नाईट्रोजन ७५ ट्यावलेट सहित पक्राउ गरेको छ ।

पैदल हिडिँरहेका भरतलाई ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले शंका लागि जाँच गर्दा शरीरमा लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.