काठमाडौं, चैत २८ : विभिन्न तरिकार अपनाउँदै सुन तस्करी गर्नेहरु सक्रिय भइ रहेको बेला पनि नेपाल प्रहरीले सक्रियताकासाथ चलाखीपू्र्ण तरिकाले सुरक्षा कडाई गरेको पाइन्छ ।बिहिबार मलद्वारमा ३ किलो ३ सय ग्राम सुन लुकाएर ल्याउँदै गर्दा तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ३ किलो बढी सुनसहित तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको बुझिएको छ। त्रिभुवन विमानस्थल प्रहरी र भन्सार कार्यालयको टोलीले तीन किलो ३ सय ग्राम सुनसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले बताए ।