सरकारले खारेज गर्‍यो पाँच वटै क्षेत्रीय प्रशासन कार्यालय

| 2019 Apr 11 | 03:43 pm 2028

काठमाडौं, चैत  २८ : सरकारले पहिलेको पाँच विकास क्षेत्रमा रहेका क्षेत्रीय प्रशासन कार्यालयहरु खारेज गरेको छ । केही दिनअघिको मन्त्रिपरिषाद बैठकले धनकुटा, हेटौंडा, पोखरा, सुर्खेत र दिपायलमा रहेको क्षेत्रीय प्रशासन कार्यालय खारेज गरेको हो ।

बिहिबार आयोजित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी दिँदै सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संघीयता कार्यान्वयनमा आएको र ती कार्यालयका सम्पत्तिहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गत हस्तान्तरण गर्ने निर्णय भएको जानकारी दिएका हुन्।

अब ती कार्यालयमा रहेका सबै सम्पत्ति सम्बन्धित प्रदेशको मुख्यमन्त्री कार्यालय मातहत जाने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.