चोरी कार्यमा संलग्न ६ जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Apr 10 | 04:21 pm 2906

काठमाडौं, चैत २७ : चोरी कार्य गर्दै हिड्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं गोंगबु बस्ने रामेछाप देउराली नगरपालिकाका २२ वर्षीय दिपक थपामगरसहित गरी ६ जना रहेका छन् ।

काठमाडौं महानगरपालिका–७ बन्जला पेट्रोल पम्प अगाडि पार्किङ गरी राखेको ना ६ ख १४८७ नम्बर बसको २ थान टायर चोरी गरी फरार भएका उनीहरुलाई प्रहरीले चन्द्रागिरी नगरपालिका–१० तीनथानामा फेला पारी पक्राउ गरेको हो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.