गुल्मी, चैत्र २७ : जिल्लाको सदरमुकाम तमघासमा गत २० गते उद्घाटन भई शुरु भएको प्रथम जिल्ला पर्यटन तथा सास्कृतिक महोत्सव प्रति गुल्मली केही कलाकारहरुले चित्त दुखाएका छन् ।
रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले उद्घाटन गरी शुरु भएको सास्कृतिक महोत्सवमा गुल्मी स्थायी घर भई राष्ट्रिय स्तरमा ख्याती कमाएका कलाकारलाई वेवास्ता गरिएकोमा उनीहरुले चित्त दुखाएका हुन् ।
गुल्मी सास्कृतिक नाम दिइएको तर गुल्मेली कलाकारलाई अपमान गरी बाहिरी जिल्लाका कलाकारलाई स्थान दिनु भनेको त्यो महोत्सव नभएर नितान्त सास्कृतिक कार्यक्रम भएको उनीहरुको तर्क छ ।
लोक संस्कृतिमाथि चौतर्फी आक्रमण भइरहेको र लोप हुने स्थितिमा त्यसलाई जिवन्त राख्न संघर्षशील बरिष्ठ कलाकार बमबहादुर कार्की देखि गुल्मीलाई गीतका मार्फत संसारभर चिनाउने बाबुराम पन्थीसम्मले त्यो सम्मेलनमा सहभागी हुने अवसर पाएनन् ।
अर्का बरिष्ठ गायक विजु वज्र, सुनिल थापा, खुमा गौतम, बन्दना पाण्डे, महेन्द्र गौतम, रुपा घर्ती मगर, झविन्द्र पौडेल, पवित्रा सुर्ताङ्गे मगर, सन्तोष लम्साल, शिशिर भुसाल, नरेश खाती, मेक्सम खाती, शिव खनाल ,सन्जु थापा, ज्ञानु धर्ति, डोलराज परियार , गोविन्द पन्थी, अनु गुरुङ, ललिता पौडेल, गायत्री थापा , छन्त पाण्डे, सुमन राना , नेत्र अर्याल लगाएतका थुप्रै कलाकारलाई पनि महोत्सवमा छुटाईएको वताइएको छ ।
चैत्र ३० गते सम्म चल्ने भनिएको महोत्सव दुई दिन मौसमका कारणले प्रभावित भए पछि वैशाख दुई गते सम्मका लागि सारिएको वुझिएको छ । गुल्मी सांस्कृतिक महोत्सव नाम दिएर चेम्मर अफ कमर्सले सुरु गरेको महोत्सव प्रति गुल्मी उद्योग वाणिज्य संघले समेत आपत्ति जनाउदै सहभागिता जनाएको छैन् ।
जिल्लाका दुई जना वहालवाला मन्त्री हुँदा पनि महोत्सवको उद्घाटन भने रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले उद्घाटन गरेका थिए ।