किन भयो विप्लवमा विद्रोह !

रिपोर्ट नेपाल | 2019 Apr 10 | 10:03 am 2324

काठमाडौं, चैत्र २७ : प्रतिवन्धीत नेकपा विप्लव समुहका उपत्यकाकमिटि र विभिन्न मोर्चामा महत्वपूर्ण जिम्मेवारी सम्हादै आएका दुई दर्जन युवाहरुको विशेष टिम विद्रोह गर्दै सरकारको नेतृत्व गरिरहेको नेकपामा प्रवेश गरेका छन् ।

अहिलको परिस्थितिमा विप्लवले लिएको राजनीतिक दर्शनमा आफूहरुको विश्वास नरहेको र विभिन्न खाले गैर राजनीतिक कार्यक्रममा आफूहरु अव संलग्न नरहने प्रतिबद्धता जनाउँदै उनीहरु प्रचण्ड निवासमै पुगेर पार्टी प्रवेश गरेका छन् ।

प्रवेश कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गलत क्रियाकलापमा लागेका नेत्रविक्रम चन्द विप्लव पनि मुलधारको राजनीतिमा नआई सुखै नहुने बताएका छन् ।

जसरी तपाईहरु समयमै मुलुकको परिस्थितिलाई बुझेर प्रवेश गर्नुभयो त्यसै गरी विप्लव पनि प्रवेश गर्नेकुरामा आफू विश्वस्त रहेको पनि प्रचण्डले बताए । प्रवेश गरेका कार्यकर्ताहरुलाई अध्यक्ष प्रचण्डले क्षमता अनुसारको जिम्मेवारी दिने पनि प्रतिबद्धता जनाएका थिए ।

यसरी प्रवेश गर्नेहरुमा तामाङ मुक्ति मोर्चाको केन्द्रीय सचिव साङ्गे लामा, उपत्यका ब्यूरो सदस्य अमृत केसी, कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष राजेश रेग्मीलगायत दुई दर्जन विभिन्न पदमा रहेका कार्यकर्ता रहेको प्रवेश कार्यक्रमको संयोजन नेकपाका युवा नेता प्रकाश भुजेलले गरेका थिए । प्रवेश कार्यक्रमको संचालन नेकपाका केन्द्रीय सदस्य झकबहादुर मल्ल(सुदिप) ले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.