सांसद लिङदेनलाई धम्काउने व्यक्ति पक्राउ

रिपोर्ट नेपाल | 2019 Apr 09 | 06:26 pm 1613

काठमाडौं, चैत २६ : राप्रपाका सांसद राजेन्द्र लिङदेन लगायतलाई धम्काउदै पैसा माग्ने व्यक्ति पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले तिलक पराजुलीलाई मंगलबार पक्राउ गरेको हो ।

लिङदेनसँग पैसा माग्दै उनले धम्काएका थिए । उनले अन्य दुई महिलालाई समेत धम्काएको खुलेको छ । उनी मेनपावर एजेन्ट भएको खुलेको छ । १६ लाख रुपैयाँ डुबेपछि उनले पैसा कमाउन विभिन्न व्यक्तिलाई धम्काएको सिआईबीको अनुसन्धानमा खुलेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.