काठमाडौं, चैत २५ : नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक ९सीईओ० कुलमान घिसिङले देशमा लोडसेडिङ ब्युँताउन खेल सुरु भएको बताएका छन् ।
प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै घिसिङले विगतमा देशलाई अँध्यारोमा राखेका व्यक्तिले केही व्यक्ति र मिडिया परिचालन गरेर आफू र प्राधिकरणका बारेमा अनर्गल प्रचार भैरहेको र देशमा पुन: लोडसेडिङ गराउन चाहेको आरोप लगाए ।
‘विगतमा प्राधिकरण डुबाएका व्यक्तिले अनेक हतियार प्रयोग गरेर हामीलाई काम गर्न डिस्टर्ब गरेका छन्, उज्यालो नेपाल उनीहरुलाई मन परेको छैन’, घिसिङले भने, ‘हामीले रातदिन नभनी देशमा उज्यालो ल्याउन लागिपरेका छन्, हामीलाई प्रहार गर्नेले विचार गरून् ।’
विगतमा ९ अर्ब घाटामा गएको प्राधिकरण अहिले नाफामा गएको भन्दै घिसिङले पहिला प्राधिकरण चुसेकाहरुले सरकारबाट अनुदान लिएर प्राधिकरण नाफामा गएको भन्ने गलत हल्ला फैलाएको पनि दाबी गरे ।
आफूहरुको काम नागरिकले मुल्यांकन गरिरहेको भन्दै उनले प्राधिकरण नाफामा गएको नपचेको बताए । प्राधिकरणका पाँचौ तहका केही कर्मचारीले केही मिडिया प्रयोग गरेर आफूविरुद्ध नभएका हल्ला फैलाएको भन्दै उहाँले त्यस्ता कर्मचारीलाई कारबाही गर्ने बताए ।
आफू प्राधिकरणमा रहेसम्म पारदर्शी भएर काम गर्ने तर कसैले दादागिरी गरेमा त्यो कारबाहीको भागिदार भएरै छाड्ने उनले चेतावनी दिए ।