समाजमा नैतिक शिक्षा र आचरण सिकाउन शैक्षिक महोत्सव

रिपोर्ट नेपाल | 2019 Apr 06 | 10:31 pm 2689

गुल्मी, चैत २३ : समाजमा नैतिक शिक्षासँगै आचरणमा सुधार ल्याउनका लागि भन्दै गुल्मीमा शैक्षिक महोत्सव २०७६ गरिने भएको छ ।

जिल्लाको रुरु गाउँपालिका वडा नम्बर–३ झमादीमा रहेको प्रेम बिष्णुदेवी प्राथमिक विद्यालयमा बैशाख ६ गतेदेखि १२ गते सम्म धनधान्याचल गीता ज्ञानविज्ञान शैक्षिक महोत्सवको आयोजना गरिने रुरु गाउँपालिका वडा नम्बर–३ का वडा अध्यक्ष शेषनारायण पौडेलले जानकारी दिए ।

झमादीमा प्राय दलित बस्ती रहेको र त्यहाँ चेतनाको कमी रहेकाले नैतिक शिक्षा, आचरणमा सुधार ल्याउन, तालिम प्राप्त शिक्षकहरुको व्यवस्थापन गरि गुणस्तरिय शिक्षा प्रदान गर्न र समाजमा सुधार ल्याउनका लागि शैक्षिक महोत्सव आयोजना गरिने विद्यालयले जनाएको छ ।

बुवा आमाको सम्झनामा झमादीका मदनलाल बस्याल र मेघलाल बस्यालले २०७१ सालमा विद्यालयको स्थापना गरेका थिए । उनीहरुले आफूहरुले सानैमा शिक्षा हासिल गर्नका लागि हिडेर टाढा टाढा सम्म जानुपरेको समस्या बताउँदै अहिले बालबच्चाहरुलाई त्यसरीनै समस्या नहोस भन्नाका लागि गाउँमै विद्यालयको स्थापना गरि सहजरुपमा शिक्षा हासिल गर्ने वातावरण सृजना गरिदिएको उनीहरुले बताएका छन् ।

उनीहरुले ७ कोठे भवन, विद्यालयमा कम्पाउन्ड वाल र सहित १० लाख रुपैयाँ अक्षयकोषको स्थापना समेत गरिदिएका छन् । उक्त बिधालयमा कक्षा ४ सम्म, ३३ जना विद्यार्थीहरु रहेकोमा जनजाती ५ जना रहेका छन् भने २८ जना दलित छात्र , छात्रा रहेका छन् ।

उक्त विद्यालयमा अहिले १ जना शिक्षकको राहत दरबन्दी रहेको छ भने १ जान बालशिक्षा सहयोगी कार्यकर्ता गाउँपालिकाले नै दरबन्दी सृजना गरिदिएको वडा अध्यक्ष पौडेलले बताए । २ जना शिक्षकहरुको तलबको व्यव्स्था बस्यालहरुले नै गरेका छन् भने वार्षिक ८० हजार रुपैयाँ गाउँपालिकाले व्यव्स्था गरिदिएको छ ।

करिब १ करोण रुपैयाँसम्म संकलन गर्ने लक्ष्य लिइएको विद्यालयले जानएको छ । शैक्षिक महोत्सवमा श्री चैतन्यकृष्णको प्रमुख बाचनमा धनधान्यचल गीता ज्ञानबिज्ञान शैक्षिक महोत्सव हुने शैक्षिक महोत्सब मुल समारोह समितिले जानएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.