गुल्मी, चैत्र २३ : गत १६ र १७ गते सदरमुकाम तमघासमा जिल्ला सम्मेलन सम्पन्न गरेको गुल्मी काँग्रेसले आफ्ना बाह्र बुँदे भावी कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको कार्यक्रममा विधानले परिकल्पना गरेको रिक्त वडा समिति पुनसंरचनामा नयाँ बनेका नयाँ वडामा नयाँ समिति प्रदेश क्षेत्र समिति निर्माण गर्ने जनाइएको छ ।
(यस्तो छ बाह्र बुँदे कार्यक्रम)
१) विधानले परिकल्पना गरे अनुरुप विभिन्न कारण रिक्त रहेका वार्ड समिति, पुन संरचनामा नयाँ बनेका वार्डमा नयाँ समिति, पालिका स्तरिय समिति, प्रदेश क्षेत्र समिति निर्माण गरिने छ ।
२) नेपाली काँग्रेसको सदस्यतालाई व्यापक रुपमा विस्तार गरिने छ ।
३) सङ्गठन र कार्यकर्तालाई सशक्त बनाउन सम्पूर्ण तहमा नियमित रुपमा प्रशिक्षणको व्यवस्था मिलाईने छ ।
४) विभिन्न दलबाट नेपाली काँग्रेसमा प्रवेश गर्ने नवप्रवेशी साथीहरुलाई निजको क्षमता र योग्यताको आधारमा उचित सम्मान गर्दै उपयूक्त अवसर प्रदान गरिने छ ।
५) नेपाली काँग्रेसका भातृ तथा शुभेच्छुक संस्था र आम साथीहरुको मनोवल उच्च बनाउँदै सङ्गठित पार्टी निर्माणमा एकताबद्ध बनाइने अभियान सञ्चालन गरिने छ ।
६) विगतमा गउँ केन्द्रित कार्यक्रमहरु प्रभावकारी रुपमा हुन नसकेका ठाउँमा गाउँ लक्षित विशेष कार्यक्रम सञ्चालन गरिने छ ।
७) महिला, दलित, विपन्न अल्पसंख्यक र सीमान्तकृत वर्गलाई लक्षित कार्यक्रमलाई पार्टीको विशेष प्राथमिकताका रुपमा आत्मसाथ गर्दै विगतमा सञ्चालन भएका कार्यक्रमको समिक्षा गर्दै आगामी दिनमा अझै प्रभावकारी कार्यक्रम अगाडी बढाईने छ ।
८)विधानमा व्यवस्था भए बमोजिम अनुशासन समिति गठन गरिने छ ।
९) विगतका क्रियाशिल साथीहरुको अभिलेख तयार गरि पार्टीका सक्रिय साथीहरुकोे मुल्याङ्कन विधिलाई व्यवस्थित गरिने छ ।
१०) सरकारी, गैर सरकारी तथा विभिन्न निकायबाट भैरहेका आर्थिक अनियमितता र भ्रष्टचार जन्य गतिविधिलाई सार्वजनिक गर्दै त्यसको निराकणका लागि दवाव मूलक कार्यक्रम सञ्चालन गरिने छ ।
११) नेपाली काँग्रेसले सञ्चालन गरेका विविध कार्यक्रमको प्रचार प्रसार गर्दै भावी कार्यक्रमको जानकारी नागरिक समाज, सामाजिक अगुवा, सामाजिक संघ–संस्थासंग जोड्दै प्रभावकारी रुपमा विस्तार गरिने छ ।
१२) महत्वपूर्ण जिम्मेवारी भन्दा बाहिर रहनुभएका तर पार्टीमा निरन्तर क्रियाशिल साथीहरु, अन्य पार्टीबाट ,प्रवेश गर्ने साथीहरु पर्टीमा कार्य सम्पादन गर्न उचित वातावरण तयार गर्दै महत्वपूर्ण जिम्मेवारी प्रदान गरिने छ