मेघा स्कुलले रक्तदान गर्ने

| 2019 Apr 05 | 08:39 am 3000

काठमाडौं, चैत्र २२ : अनामनगरमा रहेको नेपाल मेघा स्कुलमा भोली शनिबार बृहद रक्तदान हुने भएको छ । राजधानीका विभिन्न अस्पतालमा उपचारार्थ भर्ना भएका विरामीलाई रगतको अभाव भएको स्थितिमा नेपाल मेघा स्कुल, सामाजिक विकास समाज र लायन्स क्लब अफ हारतीमाताको संयुक्त आयोजनामा रक्तदान हुन लागेको हो ।

स्कुलका प्रिन्सीपल मदनकुमार पाेखरेलका अनुसार रक्तदानका लागि सबै अभिभावकलाई खबर गरिएको छ । रक्तदान जस्तो पुण्य कार्यको आयोजना गरेर आयोजकले प्रशंसनीय काम गरेका छन् ।

नेपाल रेडक्रसको ब्लड बैंकमा पछिल्लो समय रगतको माग अत्यधिक हुने गरेको छ । माग बामोजिम रगत संकलन कमि भइरहेकोमा आयोजकले पुण्य कार्य गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.