विमानस्थलमा रोकिएन सुन तस्करी : ६ केजी सुनसहित ४ भारतीय पक्राउ

रिपोर्ट नेपाल | 2019 Apr 04 | 06:48 pm 1361

काठमाडौं, चैत २१ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलाे सुन सहित भारतीय नागरिक पक्राउ परेका छन्। एयरवेजको बैंकक उडानबाट आएको उक्त सुनसहित ४ जना भारतीय नागरिकबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ३ महिला र १ पुरूष रहेकाे प्रहरीले जनाएकाे छ । विमानस्थलमा सादा पोशाकमा खटिएको प्रहरीले सुनसहित उनीहरूलाइ नियन्त्रणमा लिएको हो।

जलप लगाएर गरगहनाको रुपमा सुन ल्याइएकाले परीक्षणपछि मात्रै यकिन हुने प्रहरीले बताए  । थप अनुसन्धान भइरहेकाे समेत प्रहरीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.