एसईईको प्रश्नपत्र आउट गर्ने दुई प्रहरीसहित ६ जना सार्वजनिक

रिपोर्ट नेपाल | 2019 Apr 04 | 04:40 pm 1838

राजविराज, चैत २१ :एसईई परीक्षको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न दुई प्रहरी, एक शिक्षकसहित ६ जना आरोपीलाई सार्वजनिक गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्ने प्रहरी अधिकारीमा सप्तरीको राजविराज–१० का ब्रम्हदेव सुनरैत र कञ्चनरुप–६ का दिपेन्द्रकुमार मण्डल छन् । उनीहरु सिरहाको इलाका प्रहरी कार्यालय, कल्याणपुरमा कार्यरत् जवान थिए ।

प्रदेश २ को १४ र १५ गतेको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित गरिएको थियो । चैत १४ गते हुने विज्ञान विषयको प्रश्नपत्र दुई दिनअघि नै प्रदेश २ मा आउट भएको थियो। त्यस्तै चैत १५ गते हुने सामाजिक विषयको प्रश्नपत्र पनि एक दिनअघि नै बाहिरिएको थियो।

त्यसपछि सीआईबीले छानबिन टोली पठायो । त्यही टाेलीमार्फत् उनीहरुलाई पक्राउ गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.