काठमाडौं, चैत्र २१ : प्रहरी प्रधान कार्यालयले आज बिहिबार ६ जना प्रहरी नायब उपरीक्षकको काज सरुवा गरेको छ । पवर्त जिल्ला प्रहरी कार्यालयका प्रमुख भुवनेश्वर तिवारीको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ, भने उनको ठाउँमा श्यामु अर्याललाई पठाइएको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय टाँडी चितवनका प्रमुख दयानिधि ज्ञवालीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ, भने उनको ठाउँमा सन्तोष आचार्यलाई पठाइएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रकाश सापकोटा, दंगा नियन्त्रण गण बाँकेमा राजेन्द्र अर्यालको सरुवा भएको छ ।