हावाहुरी पीडीतलाई प्रदेश २ सरकारले ४ कोठे पक्की भवन बनाइदिने

रिपोर्ट नेपाल | 2019 Apr 03 | 05:33 pm 1561

काठमाडौं, चैत्र २० : बारा र पर्सका हावाहुरी पीडीत परिवारलाई प्रदेश नम्बर २ सरकारले चार कोठे पक्की भवन बनाइदिने घोषणा गरेको छ । बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले हावााहुरी पीडित परिवारलाई राहत स्वरुप चार कोठे पक्की भवन बनाइदिने जनकारी दिए ।

हावाहुरीको कारण पूर्ण रुपमा क्षतिग्रस्त भएकाहरुलाई चार महिनभित्र एक भान्सा कोठा र शौचालयसहितको भवन निर्माण गर्ने प्रदेश नम्बर दुई सरकारले तयारी गरेको मन्त्री यादवले बताए । अहिले हुरी पीडितहरु कष्टकर जीवन जीउन बाध्य भएको भन्दै यसप्रति प्रदेश सरकार गम्भीर रहेको पनि उनको भनाई थियो ।

त्रिपालमुनी रहेका पीडितहरुलाई गर्मीका कारण समस्या भइरहेको भन्दै उनले केहि दिनभित्रै टेन्टभित्र सारिने बताए ।प्रदेशका आन्तरिक मामिलामन्त्रीले प्रदेशसभालाई दिएको जानकारीअनुसार हुरीका कारण बारामा २७ र पर्सामा एक जनाको मृत्यु भएको छ । करिब एक हजार घाइते भएका छन् ।

उनका अनुसार बारामा ९ सय ५८ परिवारको घर पूर्णरुपले र ९ सय २२ को आंशिक रुपले क्षतिग्रस्त भएको छ । यस्तै पर्सामा १ सय २२ घर पूर्ण रुपले र ३ सय ८७ घर आंशिक रुपले क्षतिग्रस्त भएको प्रारम्भिक जानकारी आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.