गुल्मीको सिर्जना युवा परिवारले भलिबल खेलाउने

| 2019 Apr 02 | 06:53 pm 3079

गुल्मी, चैत्र १९ : क्षेत्र नम्बर १ अन्तर्गत चन्द्रकोट गाउँपालिकाका वडा नम्बर ३ को गैढुङ्गा भन्ने ठाउँमा खुला भलिबल प्रतियोगिता र खुला एकल नृत्य प्रतियोगिता हुने भएको छ ।

सिर्जना युवा परिवारको १३ औं बार्षिकोत्सवका अवसरमा हुने प्रतियोगितामा विविध सांस्कृतिक कार्यक्रम समेत प्रदर्शन हुने भएको छ । कार्यक्रम संयोजक निरबहादुर खत्रीले रिपोर्ट नेपाललाई दिएको जानकारी अनुसार सानो मैदानमा खेल्न मिल्ने र आर्थिक रुपमा पनि त्यति महंगो नहुने भलिबल खेल लोप हुने स्थितिमा पुगेकोले त्यसको संरक्षणका लागि भलिबल राखिएको बताए ।

प्रतियोगितामा प्रथम हुने समुहलाई ३५ हजार नगद सहित प्रमाणपत्र दिइने बताइएको छ । त्यस्तै दोस्रो हुने समुहलाई २० हजार र तृतीय हुनेलाई १० हजार दिइने पनि आयोजकले जनाएको छ । शारीरिक तन्दुरुस्तीका लागि भलिबल अत्यन्तै लाभदायक भएको भन्दै युवालाई भलिबलमा आकर्षित गर्न युवा परिवारले खेलको आयोजना गरेको हो ।

त्यस्तै एकल नृत्यमा प्रथम हुनेलाई ५ हजार दास्रो र तृतीय हुनेलाई क्रमश ३ हजार २ हजार पुरस्कार दिइने भएको छ । नृत्य तर्फ लोकनृत्यलाई प्राथमिकता दिइने बताइएको छ । कार्यक्रम सम्पन्न गर्नका लागि युवा समाजसेवी अर्जुन केसीले विशेष सहयोग गरेको सिर्जना युवा परिवारका अध्यक्ष जंगबहादुर गुरुङले बताए ।

सांस्कृतिक कार्यक्रमलाई रमणिय बनाउनका लागि केन्द्रीय कलाकार शर्मिला गुरुङ, भुमिका गिरी, चर्चित डान्सर तथा मोडल सम्झना गुरुङ, हास्य कलाकार शेरबहादुर गुरुङ र आश्रम गुरुङको उपस्थिति रहने आयोजकले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.