काठमाडौँ, चैत १९ : बारा र पर्सामा आएको हावाहुरीका कारण भएका क्षतिको निरीक्षण गर्न पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राहत तथा उद्धारको काम राम्रोसँग भइरहेको बताएका छन् ।
पर्सास्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराई रहेका घाइतेहरुलाई भेटेर फर्केपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले राहत तथा उद्धारको काम राम्रोसँग चलिरहेको तथा उपचार पनि राम्रो भइरहेको बताएका हुन् ।
उनले आफूहरुले राहतको विषयमा छलफल गरिरहेको बताउँदै सरकारले राहतको प्रकृया अगाडि बढाउने कुरा भनिसकेको छ चाँडै नै पीडित परिवारले राहत पाउने प्रतिकृया दिए ।
आइतबार राती हावाहुरीका कारण क्षति भएका ठाउँलाई निरीक्षण गर्न अध्यक्ष प्रचण्ड मंगलवार त्यहाँ पुगेका छन् । हावाहुरीका कारण हालसम्म २७ जनाको निधन भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन् ।