महामन्त्री कोइरालाद्वारा दुःख व्यक्त

रिपोर्ट नेपाल | 2019 Apr 01 | 04:05 pm 1309

काठमाडौँ, चैत  १८ : नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आइतबार साँझ आएकोे भीषण हावाहुरीका कारण बारा र पर्सामा धेरैको ज्यान गएको र सयौँ घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

उनले आज विज्ञप्तिमार्फत विपद्मा परी दिवङ्गत भएका सबैप्रति श्रद्धाञ्जलि प्रकट गर्दै उहाँहरुको चीर शान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे ।

महामन्त्री कोइरालाले घाइतेको तत्काल उद्धार र उपचारको प्रबन्ध गर्न तथा मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गर्दै राहत र उद्धारमा जुट्न तथा पीडित परिवारको पुनःस्थापनामा सहयोग पुर्‍याउन सबैमा आग्रह गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.