देउवा र पौडेलले पहिलो पटक एकै मञ्चबाट सम्मेलनलाई सम्बोधन गर्दै

रिपोर्ट नेपाल | 2019 Mar 29 | 04:04 pm 2292

गुल्मी, चैत्र १५ : नेपाली काँग्रेस गुल्मीको प्रथम ऐतिहासीक जिल्ला सम्मेलनको तयारी पुरा भएको नेपाली काँग्रेस गुल्मीले जानकारी दिएको छ ।

१६ र १७ गते हुन लागेको प्रथम ऐतिहासीक जिल्ला सम्मेलनलाई नेपाली काँग्रेसका सभापतती तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पाटी प्रवक्त विश्व प्रकाश शर्मा, युवा नेता चन्द्र भण्डारी लगायतका केन्द्रीय नेताले सम्मेलनलाई सम्बोधन गर्ने नेपाली काँग्रेस गुल्मी बताए ।

शीर्ष नेता शेर बहादुर देउवा र रामचन्द्र पौडेल लाई एकै मञ्चमा उभाई सिङ्गो देशलाई  नै नेपाली काँग्रेस एकजुट छ र एकताबद्ध रहेको सन्देश दिनको लागि शीर्ष नेतालाई एकै पटक गुल्मीमा निमन्त्रणा गरेको बताइएको छ साथै देउवा र पौडेल सँगै गुल्मी आउने यो पहिलो पटक हो ।
त्यस्तै काङग्रेस महामन्त्री शशांक कोइराला भने पहिलो पटक गुल्मीको सदरमुकाम आउँदै छन् ।

पार्टीको विधान अनुसार प्रत्येक वर्ष जिल्ला सम्मेलन गर्ने व्यवस्था भएता पनि विभिन्न प्राविधिक कारणहरूले हुन नसकेको बताउँदै अहिले काँग्रेसले ऐतिहासिक रूपमा प्रथम जिल्ला सम्मेलन गर्न लागेको पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले बताएका छन् ।

पार्टी संगठनलाई जिल्लादेखि गाउँ र स्थानीय तहसम्म बलियो र सशक्तढंगले अगाडि बढाउने, कार्यकर्तालाई प्रशिक्षण दिने, वर्तमान सरकारले गरेका ज्यादतीको भण्डाफोर गर्ने, काँग्रेसको पक्षमा आएको जनलहरको शक्ति प्रदर्शन गर्ने उद्देश्य रहेको साथै पार्टीलाई आगामी दिनहरूमा कसरी अगाडि बढाउन कस्तो खालको रणनीति बनाउने जस्ता कुराहरू जिल्ला सम्मेलनबाट तयार गर्ने नेपाली काँगे्रस गुल्मीले जानकारी दिएको छ ।

सम्मेलनलाई भव्य रूपमा सम्पन्न गर्नको लागि नेपाली काँग्रेस गुल्मीले जिल्लाका १२ वटै स्थानीय तहमा जिल्ला स्तरीय नेताहरूलाई प्रतिनिधिको रूपमा खटाई पालिका स्तरीय भेला समेत सम्पन्न गरेको थियो ।

सम्मेलन लाई सफल र भव्य बनाउनको लागी विभिन्न समिति तथा उप समिति गठन गरी सम्मेलनको तयारी पुरा गरिएको नेपाली काँग्रेस गुल्मी सचिव खिल ध्वज पन्थी ले बताए ।
सम्मेलनको मिति नजिकिए सँगै सदरमुकाम तम्घासको माहौल तातिएको छ भने काँग्रेस को चहलपहल समेत बढेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.