एसईई परीक्षा : १ दिन अगाडि नै प्रश्नपत्र बाहिरियो, प्रदेश २ मा आजको एसईई परीक्षा रद्द

| 2019 Mar 28 | 02:53 pm 1660

काठमाडौं, चैत्र १४ : सप्तरीमा जारी एसईई परीक्षाको एक दिन अगावै प्रश्न पत्र आउट भएपछि २ नम्बर प्रदेशमा विज्ञान विषयको परीक्षा रद्द भएको छ । । सिरहाको कलियानपु, जम्दह र डणडा सेन्टरमा विज्ञान विषयको इमो प्रश्नपत्र बाहिरिएपछि २ नम्बर प्रदेशका सम्पूर्ण जिल्लामा उक्त विषयको परीक्षा रद्द भएको हो ।

एसईई परीक्षामा सामेल भएका विद्यालयका प्रमुखहरुले एक दिन अगावै एसईई परीक्षाको प्रश्न पत्र सामाजिक संजाल मार्फत एक–अर्कालाई आदान प्रदान गरेको तथ्य फेला परेको छ । यस वर्षको एसईई परीक्षा अन्तर्गत विहीबार विज्ञान विषयको परीक्षा भैरहेको छ । तर, विज्ञान विषयको प्रश्न पत्र बुधबार राति नै आउट भएको र अर्कालाई सामाजिक संजाल मार्फत् शेयर गरेको पाइएको छ ।

श्रोतका अनुसार प्रश्न पत्र आउट गर्नका लागि जिल्ला शिक्षा समन्वय समितिदेखि शिक्षा क्षेत्रका माफिया र परीक्षा केन्द्रमा नै सैलग्न शिक्षकहरुको मिलोमतोमा आर्थिक चलखेल गरेर प्रश्नपत्र आउट भएको श्रोतले जनाएको छ ।

उक्त विषयको परीक्षा चैत २२ गते हुने जनाइएको छ । परीक्षामा अर्यादित गतिविधि गरेको आरोपमा १० जना परीक्षार्थीहरुलाई  अनुगमन समितिले परीक्षा केन्द्रबाट निश्कासन गरेको छ । निश्कासनमा परेका सबै परीक्षार्थीको आजको विज्ञान विषयको परीक्षा रद्ध गरिएको जिल्ला शिक्षा समन्वय इकाई सिरहाले जनाएको छ ।

परीक्षा अनुगमन समितिले लहान नपा को ब्रम्हान गोर्छारी परीक्षा केन्द्रबाट ५ जना र पशुपति आदर्श मावि परीक्षा केन्द्र लहानबाट ५ जना परीक्षार्थी निस्काशन गरिएको शिक्षा समन्वय इकाई प्रमुख दोलराज पाण्डेयले जानकारी दिए ।

त्यस्तै ब्रम्हान गोरछारी परीक्षा केन्द्रभित्रै मोवाईल लगेका ३ जना र चिट चोरेको आरोपमा २ जना परीक्षार्थीलाई निश्कासन गरेको पाण्डेले बताए ।  पशुपति मा.वि.परीक्षा केन्द्रबाट परीक्षामा अमर्यादित गतिविधिको आरोपमा ५ जना विद्यार्थी निश्कासन गरेको जनाएको छ ।

परीक्षा हलभित्रै मोबाईल लगेर भाइवर र इमोमार्फत प्रश्नपत्र बाहिर पठाउने गरेको पाइएको छ । धेरैजसो परीक्षा केन्द्रका परीक्षार्थीबाट मोवाइल समेत बरामद गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.