काठमाडौं, चैत्र १४ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहदुर शाहीका प्रशासनीक सल्लाहकार रत्न गाहा मगरले केही संचार माध्यमले मनगढन्ते समाचार प्रकाशन गरेको भनी आपत्ति जनाएका छन् ।
मगरले गजारी गरेको विज्ञप्तिका अनुसार आफू २०६६ सालको बैशाख ३ देखि २०६८ सालको मंसिर १९ सम्म समाजकल्याण परिषदको कोषाध्यक्ष पदमा सेवा रहेको र त्यसको नौ महिनापछि भृकुटीमण्डपमा रहेको फनपार्कको जग्गा भाडामा दिने निर्णय भएको जनाइएको छ ।
आफू हटेको नौ महिनापछि राजनीतिक पूर्वाग्रहका कारण अख्तियारले मुद्दा लगाएको र सम्मानीत विशेष अदालतले सफाई दिएको कुरा बुझ्दै नबुझि सात वर्षपछि आएर समाचार प्रकाशन गर्नु पित पत्रकारीता भएको जनाएका छन् ।
गलत मानसिकताबाट अघि बढेका आफ्ना दुष्मनलाई प्रमाणित गरेर देखाउन चुनौती दिँदै मगरले अगाडि भनेका छन् पत्रकार भनेको समाजलाई सही मार्गमा लैजाने एैना भएकाले वास्तविकता बुझेर मात्र समाचार लेख्न समेत आग्रह गरेका छन् ।
