गुल्मी काँग्रेसको सम्मेलन चैत्र १६ मै हुने

| 2019 Mar 28 | 09:42 am 2807

काठमाडौं, चैत्र १४ : नेत्रविक्रम चन्द (विप्लव)को बन्दका कारण स्थगित भएको नेपाली काँग्रेस गुल्मीको जिल्ला सम्मेलन चैत्र १६ र १७ गते सदरमुकाम तमघासमा हुने भएको छ ।

१६ गते एसइई परीक्षा र नेपाल बार एशोसियशनको निर्वाचन भएका कारण चन्द समुहले बन्द फिर्ता लिएपछि सम्मेलन हुने भएको हो । सम्मेलनलाई भब्य बनाउनका लागि दशवटै गाउँपालिका दुई नगर र वडा वडामा भेला सम्पन्न भइसकेका छन् ।

जिल्ला सम्मेलनमा सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, युवा नेता डा चन्द्र भण्डारी र गुरु घिमिरेको उपस्थिती रहने सचिव खीलध्वज पन्थीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.