पूर्वमन्त्री न्यौपाने ५ लाख धरौटीमा रिहा

रिपोर्ट नेपाल | 2019 Mar 27 | 06:42 pm 1285

काठमाडौँ, १३ चैत :  भ्रष्टाचार आरोप लागेका पूर्वमन्त्री बद्री न्यौपाने धरौटीमा रिहा भएका छन् । विशेष अदालतका मुख्य न्यायाधीश बाबुराम रेग्मीसहित तीन न्यायाधीशको संयुक्त इजलासको ५ लाख धरौटी माग गरेपछि सो बुझाएर न्यौपाने बुधबार रिहा भएका हुन् ।

न्यौपानेविरुद्ध भृकुटीमण्डपस्थित फनपार्ककको जग्गा भाडामा दिने बेला राज्यलाई साढे ३१ करोड घाटा पुर्याएको अभियोग लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ २१ गते मुद्धा दायर गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.