काठमाडौं, १३ चैत : नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाबाट स्वदेश फिर्ता भएका छन् । पत्नी सिता दाहालको उपचार सकिएपछि करिव १० दिने अमेरिका भ्रमण सकेर प्रचण्ड सपरिवार स्वदेश फिर्ता भएका हुन् ।
नेकपा अध्यक्ष प्रचण्डको टोली विमानस्थलमा बोर्डिङ पास भएर विमानमा चढि सकेको जनाइएको छ । प्रचण्ड अमेरिकी समय अनुसार ११ बजेको फ्लाइटमा न्युयोर्कको जोन अफ केनेडी विमानस्थलबाट स्वदेश फिर्ता हुन लागेका हुन् ।
उनले विमानस्थलमा छोटो कुराकानी गर्दै अमेरिकामा रहँदा नेपाली समुदाय तथा राजदुतावासले गरेको सहयोग अतुलनिय रहेको भन्दै सबैलाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।
उनले अमेरिका बसाइको क्रममा नेपाली समुदाय मात्रै नभएर कुटनैतिक निकायका व्यक्ति, राजनीतिज्ञ तथा अमेरिकी सरकारी निकायका व्यक्तिसँग समेत भेटवार्ता गरेका थिए । भने उनी इतिहाद एयरलाइन्सबाट स्वदेश फिर्ता भएका हुन् ।
पत्नी सितालाई वंशानुगत पार्किन्सन रोग लागेको अमेरिकी डाक्टरहरुले पुष्टि गरेका छन् । भने, औषघि नियमित सेवन गर्न सुझाव समेत दिएको जनाइएको छ । सिताको उपचार अमेरिकाको वासिंटनस्थित मेडिस्टार हस्पिटल र बरमिंघम स्थित ग्ब्द्य हस्पिटलमा उपचार भएको थियो । प्रचण्डको टोली बिहिबार नेपाल आइपुग्नेछन् ।
अमेरिका बसाइको क्रममा नेपाली समुदाय मात्रै नभएर कुटनैतिक निकायका व्यक्ति, राजनीतिज्ञ तथा अमेरिकी सरकारी निकायका व्यक्तिसँग समेत भेटवार्ता गरेका थिए । भने उनी इतिहाद एयरलाइन्सबाट स्वदेश फिर्ता भएका हुन् ।