ट्रकको ठक्करबाट एकको मृत्यु, दुई घाइते

रिपोर्ट नेपाल | 2019 Mar 26 | 01:25 pm 3348

चितवन, चैत्र  १२ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको खैरहनी नगरपालिका– १ ज्यामिरेमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

आज (मंगलबार) बिहान करीब ९ः ३० बजे पूर्वबाट आइरहेको ना ४ ख ९९८१ नम्बरको ट्रकले विपरीत दिशामा गइरहेको ग १४ प ५५७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिन्धुली जिल्ला जुगेडी नगरपालिका–८ का ४० वर्षीय होमबहादुर मगरको मृत्यु भएको प्रहरीले जानकारी दिए ।

मोटरसाइकलमा सवार मृतकका ३० वर्षीया श्रीमती कोमली मगर र आठ वर्षीय छोरा लीलाबहादुर पुलामी मगर दुर्घटनामा परी घाइते भएका छन् । उनीहरुलाई भरतपुरस्थित पुरानो मेडिकल कलेज (सिएमएस) मा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशीलसिंह राठौरले बताए ।

घाइतेको अवस्था सामान्य छ । ठक्कर दिने ट्रकका चालक ट्रकसहित फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.