काठमाडौँ, चैत्र १२ : यात्रुवाहक बस हात्तीवनमा दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । ना ३ ख १४४४ नम्बरको यात्रुवाहक बस मंगलबार बिहान ७ बजे दुर्घटना हुँदा २४ यात्रु घाइते भएका हुन् ।
उक्त बस फर्पिङबाट पुरानो बसपार्क आउँदै गर्दा हिलो सडकमा चिप्लिएर दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक कृष्णदत्त भट्टले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका २४ मध्ये १२ को मनमोहन अस्पताल स्वयम्भू र १२ जनाको वयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ । घाइतेको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।