कारागारका कैदीले दिए एसइई शिक्षा परीक्षा

रिपोर्ट नेपाल | 2019 Mar 24 | 02:46 pm 1575

वीरगञ्ज, चैत १० :  आजबाट शुरु भएको यस र्वषको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पर्साकाे वीरगञ्ज कारागारमा कैदी-बन्दी पनि सहभागी भएका छन् । कारगारमा कैदी जीवन बिताइरहेका १६ जना कैदी-बन्दीले एसइई परीक्षामा भाग लिएका हुन् ।

वीरगज कारागारमा १२७७ कैदी बन्दीमध्ये १६ जनाले आवेदन दिएपछि कारागार प्रशासनले परिक्षामा सामेल हुन बतावरण मिलाएको कागारका निमित प्रमुख गणेश भण्डारीले जनाएका हुन् ।

कैदी-बन्दीले पढाई आफैले त्यारी गरी परिक्षामा सामेल भएको हामीले सहजीकरण मात्र गरेको निमित प्रमुख भण्डारीले जनाए । यस पर्ष पर्साबाट एसइईमा कुल ८ हजार ३ सय ८९ विधार्थी सहभागी छन् । पर्साबाट नियमिततर्फ ७८५७ प्राविधिकतर्फ १८२ जना परीक्षार्थी रहेका छन् ।

यसैगरी एक्जाम्टेडतर्फ ३५० गरी कुल ८३८९ विधार्थी रहेको र्पसाका प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.