विकासमा रमाउँदै अर्जुनधाराका नगरपिता

रिपोर्ट नेपाल | 2019 Mar 23 | 01:49 pm 4619

  • महेन्द्र पाण्डेय

लामो समयपछि भएको स्थानीय निर्वाचनबाट जनप्रतिनिधिका विषयमा थुप्रै टिका टिप्पणी हुने थालेका छन् । हिजोसम्म पैदल वा सार्वजनिक सवारी साधनमा यात्रा गर्नेहरुको जीवनशैली जनप्रतिनिधि बनेपछि सुख सयल बनेको अरोप पनि लाग्न थालेको छ ।

महिनामा लाख रुपैयाँ भन्दा बढी भाडा तिरेर गाडी चढ्ने देखि भ्रमण र मोजमस्तिमा जनप्रतिनिधि लागे भन्ने आवाज पनि यत्रतत्र सुनिन थालेको छ । विकासलाई भन्दा निजि निकास तर्फ आकर्षित र प्रभावित भएको पनि प्रशस्त सुन्न पाइन्छ । यस्तै दर्जनौ आरोप प्रतिनिधिमाथि लाग्दै आएपनि झापा जिल्लाको अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानालाई त्यस्ता खाले आरोप होइन कि त्यहाँका जनताले विकासे पिताका रुपमा लिने गरेका छन् ।

स्थानीय निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट उम्मेदवार बनेका रानाले त्यसबेला जनताको मत लिदा राजनीतिक भन्दा पनि आफ्नो उच्च चरित्रका कारण प्रतिद्धन्दीलाई चार हजार भन्दा माथि मतले पराजय गराएका थिए । सधै जनता र विकासलाई केन्द्रबिन्दुमा राखेर प्राथमिकताका आधारमा विकासका लागि अधिकतम समय खर्चिने नगर प्रमुख रानाका सपना पनि अचम्मकै छन् । बोरोजगार उत्पादन गर्ने कारखानारुपी शिक्षालाई विस्थापीत गरी रोजगार मुलक र प्राविधिक शिक्षालय स्थापनाको सपनामा उनी सधै डुबुल्कि मार्ने गर्छन ।

आफ्नो मातहतका कर्मचारीलाई स्थायी सरकारको रुपमा हेरेर उनीहरूलाई विश्वासमा लिएर काम गर्ने मेयर हरिकुमार राना साच्चीकै “हरि” भएका व्यक्ति हुन् भन्दा फकर पर्दैन । जनताको दुःख सुखमा अहोरात्र लागि पर्ने रानाले निर्वाचित भएको पहिलो एक वर्षमा आफ्नो नगरलाई जोड्ने ५९ वटा पक्की पुल निर्माण सम्पन्न गरेर जनताको वाहीवाहीको पात्र बनेका छन् ।

राजनीतिक विषयमा निर्वाचनको बेला मात्र गर्नुपर्छ भन्ने सोच राख्ने रानाले विकासका क्रममा राजनीति भन्दा माथि उठेर सबैको सुझाव लिने गर्छन् । धेरै वर्षदेखि अर्जुनधाराको ऐतिहासिकता झल्कने मुलगेट बनाउने सपना देखेका रानाले त्यसलाई विपनामा परिणत गरेर निर्माण कार्य सुरु गरेका छन् । गेटको माथिल्लो भागमा अर्जुनले वाण बोकेको हुनेछ भने तल दुई तर्फ राष्ट्रिय जनावर गाई हुनेछ । गेटमा नगरमा भएका सबै झल्कने चिनारीसहितको कला रहनेछ ।

ब्रामण, क्षेत्री, गिरी, राई, लिम्बुको वर्चस्व रहेको नगरमा एउटा मगरले सबैको मन जित्नु कामको प्रतिफल नै होला । स्वर्ग जस्तो देशमा संभावनाका थुप्रै अवसर हुँदा पनि राज्यले व्यवस्थापन गर्न नसकेका कारण लाखौं युवा खाडीमा र हजारौं युवा गलत लाइनमा लागेको रानाको विश्लेषण छ । उनी प्रष्टसँग भन्छन् जिजु बाजेले बाजेलाई बिघा जमिन दिए, बाजेले बुबालाई कठ्ठा बुबाले आना भन्ने दिन आएपछि युवाहरु बाध्य भएर हातमा हतियार र ढुङ्गा बोक्ने गरेको पनि हरि रानाको ठम्याई छ ।

आफ्नो नगरभित्र रोजागरका विभिन्न उपाय सोची जनतालाई रोजगार दिने र उनका सन्तानलाई प्राविधिक शिक्षालय खोलेर शिक्षा प्रदान गर्ने उनको ठूलो सपना रहेको छ । त्यसो गर्न सकिएमा युवाको हातमा हतियार र ढुङ्गा होइन सबैका हातमा ल्याप्टप हुने पनि रानाको चिन्तन रहेको छ ।

जनता भनेका जनार्धन हुन तिनीलाई सेवा दिन नसके विश्राम लिएर घर बस्नुपर्छ भन्ने प्रष्ट सोच राख्ने नगरपिताका गति सकारात्मक सोच छन् त्यो भन्दा बढी उनी जनताले सहजै आफ्ना धारणा राख्ने, पहुँच राख्ने गरी भेटघाटमा पनि व्यस्त रहन्छन् । बैठकमा बाहेक प्राय विकासे काममै तल्लीन हुने मेयर हरिकुमार रानाको शैली अन्य जिल्लाका जनप्रतिनिधिले पनि सिक्न जरुरी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.